संसदीय दलको नेतामा खगराज सर्वसम्मत, मुख्यमन्त्रीको सम्भावना

पाेखरा | पुस १०, २०७९

संसदीय दलको नेतामा खगराज सर्वसम्मत, मुख्यमन्त्रीको सम्भावना

पाेखरा:   नेकपा एमालेबाट गण्डकी प्रदेशसभामा खगराज अधिकारी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले जानकारी दिए ।

 

ससदीय दलको नेता भएसँगै अधिकारी मुख्यमन्त्री हुने निश्चित भएको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले बताए ।  ‘सिनारियो क्लियर छ, उनले भने, ‘बालकोटमा आज भएको सहमति अनुसार गण्डकीमा हाम्रो सिट पुग्छ । कमरेड अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ ।’
 

संसदीय दलको नेताले मुख्यमन्त्रीमा दाबी गर्ने प्रावधान रहन्छ । केही क्षण अघिसम्म शक्तिशाली देखिएको सत्ता गठबन्धन एकाएक टुटेपछि नेपाली कांग्रेस कमजोर हुँदा अब अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । 

 

गण्डकीमा सरकार गठन गर्न आवश्यक ३१ मध्ये एमाले र नेकपा माओवादी केन्द्रसँग ३० सदस्य छन् भने बालकोट सहमतिअनुसार राप्रपाकाे मत पनि जाेडिनेछ । राप्रपाको गण्डकी प्रदेशमा २ सिट रहेको छ ।   

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्